Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान

नेकपा एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठक शनिबार १:०० बजे ओली निवास गुण्डुमा बस्नेछ ।

बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, जनताका अपेक्षा, सरकारको कामकारबाही, पार्टीको आगामी कार्यदिशा तथा राष्ट्रिय हितका विषयमा गम्भीर समीक्षा र महत्वपूर्ण निर्णय हुनेछ ।

जेनजी आन्दोलनको घटना छानबिन आयोगको सिफारिसमा ओली पक्राउ परेसँगै पार्टीका नेता रामबहादुर थापा ‘बादल’ ले एमालेको कार्यवाहक जिम्मेवारी सम्हालेका थिए ।

पक्राउ परेसँगै स्वास्थ्य समस्यापछि आराममा रहेका ओली हाल भेटघाट र सीमित गतिविधिमा संलग्न भए पनि पार्टीका औपचारिक कार्यक्रमहरूमा भने सक्रिय रूपमा सहभागी भएका छैनन् ।

फागुन २१ गतेको निर्वाचनमा ठुलो हार व्यहोरेसँगै ओलीलाई नेतृत्व छाड्न दबाब बढिरहँदा ओलीले बैठक टारिरहेका थिए ।

सोही विषयलाई लिएर यही वैशाख २५ गते उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले गुण्डुस्थित निवासमै पुगेर ओलीसँग भेटवार्ता गरेका थिए ।

बैठक नबस्दा निर्वाचनमा नराम्रो पराजय भोगेको एमालेले हालसम्म निर्वाचनको औपचारिक समीक्षा पनि गरेको छैन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077