Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीले होर्मुज समुद्री मार्ग खोल्न मद्दत गर्छु भनेको ट्रम्पको दाबी

सीले होर्मुज समुद्री मार्ग खोल्न मद्दत गर्छु भनेको ट्रम्पको दाबी

शुक्रवार , जेठ १, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङले होर्मुज स्ट्रेट खुला राख्न सहयोग गर्ने प्रस्ताव गरेको दाबी गरेका छन् ।

चीन भ्रमणका क्रममा बेइजिङमा सी चिनफिङसँग भेटवार्ता गरेपछि फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले उक्त दाबी गरेका हुन् । उनले सी चिनफिङले अमेरिका–इरान सम्बन्ध सुधारमा सहयोग गर्न इच्छुक रहेको समेत बताएका छन्।

ट्रम्पका अनुसार सी चिनफिङले भनेका थिए, 'यदि म कुनै पनि तरिकाले मद्दत गर्न सक्छु भने म तयार छु।' उनले चीन इरानबाट ठूलो मात्रामा तेल आयात गर्ने भएकाले होर्मुज स्ट्रेट खुला राख्न चीनको पनि स्वार्थ रहेको दाबी गरेका छन्।

ट्रम्पले भने, 'यति धेरै तेल किन्ने देशको इरानसँग सम्बन्ध स्पष्ट छ। चीन होर्मुज स्ट्रेट खुला रहोस् भन्ने चाहन्छ।'

यसैबीच, इरान ले होर्मुज स्ट्रेटबाट आवतजावत गर्ने जहाजहरूका लागि नयाँ नियम लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार उक्त मार्ग प्रयोग गर्ने जहाजहरू अब इरानको निगरानी र स्वीकृतिमा सञ्चालन हुनुपर्नेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077