Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इरानमाथि आज आक्रमण गर्ने योजना ट्रम्पद्वारा स्थगन

इरानमाथि आज आक्रमण गर्ने योजना ट्रम्पद्वारा स्थगन

मंगलवार , जेठ ५, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबार गर्ने भनिएको ठूलो स्तरको सैन्य आक्रमण योजना तत्कालका लागि स्थगित गरिएको बताएका छन् ।

उनले यो निर्णय मध्यपूर्वका केही प्रमुख नेताहरूको आग्रह र चलिरहेको वार्तालाई अझ गम्भीर बनाउनका लागि गरिएको स्पष्ट पारेका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान विरुद्धको सम्भावित कारबाहीबारे सैन्य तयारी अघि बढेको भए पनि अन्तिम क्षणमा योजना रोकिएको उल्लेख गरे । उनले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स का नेताहरूको अनुरोधपछि यस्तो निर्णय लिएको बताए।

ट्रम्पका अनुसार वार्ता असफल भएमा कुनै पनि क्षण ठूलो स्तरको सैन्य कारबाही सुरु गर्न अमेरिकी सेनालाई तयारी अवस्थामा राखिएको छ। तर उनले लक्ष्य वा योजनाको विस्तृत विवरण भने खुलाएका छैनन् ।

'यदि सम्झौता भएन भने हामी जुनसुकै बेला आक्रमण गर्न तयार थियौँ, तर अहिले त्यसलाई केही समयका लागि सारिएको छ,' ट्रम्पले भने।

उनले स्पष्ट रूपमा इरानसँग कुनै पनि प्रकारको आणविक हतियार हुन नहुने कुरालाई अमेरिकी नीतिको “रेड लाइन” भन्दै पुनः दोहोर्‍याएका छन्। साथै, क्षेत्रीय देशहरू शान्ति सम्झौताबाट सन्तुष्ट भए अमेरिका पनि सकारात्मक रहने संकेत उनले दिएका छन्।

यसैबीच, ट्रम्पले मध्यपूर्वमा चलिरहेको कूटनीतिक प्रयासलाई सकारात्मक विकास भन्दै वार्ता सफल हुने सम्भावनाप्रति आशावादी रहेको बताए। तर, सम्झौता मूर्त रूप लिन्छ वा लिँदैन भन्नेबारे अझै अनिश्चितता रहेको उनको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077