Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यो देशका सहकारी ठगहरूले उन्मुक्ति पाए, अब अरूले पनि ठग्नेछन् : हर्क साम्पाङ

यो देशका सहकारी ठगहरूले उन्मुक्ति पाए, अब अरूले पनि ठग्नेछन् : हर्क साम्पाङ

बिहिवार , जेठ ७, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सहकारी ठगीका दोषीहरूले उन्मुक्ति पाउने खतरा बढेको भन्दै गम्भीर आशंका व्यक्त गरेका छन् ।

सरकारले सहकारी पीडितहरूको बचत रकम राज्यकोषबाट फिर्ता गर्ने तयारी गरिरहेको सन्दर्भमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । सामाजिक सञ्जालमार्फत धारणा राख्दै सांसद साम्पाङले यसले देशमा सहकारी ठगीका घटना अझ बढ्न सक्ने चेतावनीसमेत दिएका छन्।

उनका अनुसार, राज्यकोषबाट रकम तिर्ने अभ्यासले ठग प्रवृत्तिलाई प्रोत्साहन गर्ने जोखिम रहेको छ। उनले टिप्पणी गर्दै भनेका छन्, 'अब यो देशका सहकारी ठगहरूले उन्मुक्ति पाए। अब अरूले पनि ठग्नेछन्। आखिर सरकारले राज्यकोषबाट तिरिहाल्छ। सुशासनका सत्यानाश‘'

यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीडितहरूको बचत फिर्ताका लागि चक्रीय कोषमा बीउपुँजीका रूपमा २५ करोड रुपैयाँ व्यवस्था गर्ने तयारी गरेको थियो। त्यसका लागि अर्थ मन्त्रालयसँग रकम उपलब्ध गराउन अनुरोध गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077