Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एमाले सचिवालय बैठक आज, नेताहरूको कार्यविभाजन टुंग्याइँदै

एमाले सचिवालय बैठक आज, नेताहरूको कार्यविभाजन टुंग्याइँदै

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । नेकपा एमालेले केन्द्रीय नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन आज केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको कार्यविभाजन प्रस्तावमाथि परिमार्जनसहित छलफल गरी अनुमोदन गर्ने तयारी गरिएको हो ।

पार्टी केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारी का अनुसार बैठक बिहान ११ः३० बजे अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा बस्ने तय भएको छ।

बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर, विभागीय समायोजन तथा संगठनात्मक संरचना सुदृढीकरणका विषयमा विस्तृत छलफल हुने बताइएको छ। छलफलपछि प्रस्तावलाई अन्तिम रूप दिई तत्कालै अन्तरपार्टी निर्देशन (अपानि) मार्फत तल्ला कमिटीसम्म पठाइनेछ।

गत मंसिर २७ देखि २९ गतेसम्म सम्पन्न एमालेको ११औँ महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन मात्र गरिएको थियो। आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै अब स्थायी कार्यविभाजन गर्न लागिएको बताइएको छ ।

नयाँ प्रस्तावअनुसार पार्टी सचिव भानुभक्त ढकाल लाई संगठन विभाग, शेरबहादुर तामाङ लाई स्कूल विभाग, विशाल भट्टराई लाई जनसंगठन समन्वय विभाग र डा। सूर्य पाठक लाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।

पार्टीभित्रका उपाध्यक्ष र उपमहासचिवहरूलाई भने विभिन्न विभागहरूको समन्वय तथा अनुगमन गर्ने विशेष जिम्मेवारी दिने तयारी गरिएको छ। एमालेले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै अधिकांश केन्द्रीय सदस्यहरूलाई ‘मिसन स्थानीय चुनाव’ अन्तर्गत कार्यभार तोक्ने रणनीति अघि सारेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077