Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एमाले सचिवालय बैठकमा चार उपाध्यक्षले मागे ओलीको राजीनामा

एमाले सचिवालय बैठकमा चार उपाध्यक्षले मागे ओलीको राजीनामा

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पाँच जना उपाध्यक्षहरूले आफ्ना धारणा राखेका छन्।

पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार नेताहरूले खुलेर आफ्ना विचार प्रस्तुत गरेका हुन्।

स्रोतका अनुसार पार्टीका चारजना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

उपाध्यक्षहरु बिष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्तले ओलीको राजीनामा मागे को स्रोतले बतायो । ओलीले भने राजीनामा नदिने अडान लिएका छन् ।

बैठक मुख्य रूपमा निर्वाचन समीक्षा तथा कार्यविभाजनलाई केन्द्रमा राखेर सञ्चालन भइरहेको छ। भट्टले बैठक शनिबार पनि जारी रहने जानकारी दिएका छन्।

उनका अनुसार आजको बैठकमा पाँच जना उपाध्यक्षहरूले आफ्नो धारणा राखिसकेका छन् भने अझै १२ जना नेताहरूले बोल्न बाँकी रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077