Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एमाले सचिवालय बैठकमा नेतृत्वबारे फरक मत, ओलीको जवाफपछि बैठक निष्कर्षमा पुग्ने तयारी

एमाले सचिवालय बैठकमा नेतृत्वबारे फरक मत, ओलीको जवाफपछि बैठक निष्कर्षमा पुग्ने तयारी

शनिवार , जेठ ९, २०८३

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकमा पार्टी नेतृत्वको विकल्प र आगामी राजनीतिक दिशाबारे नेताहरूबीच फरक–फरक धारणा सार्वजनिक भएका छन् ।

शनिबार (जेठ ९) अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको बैठकमा केही नेताले नेतृत्व परिवर्तन वा पुनर्गठनका लागि राजीनामामार्फत मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिएका छन् भने केही नेताले वर्तमान नेतृत्वलाई नै थप सुदृढ गर्दै पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखेका छन् ।

उपमहासचिव लेखराज भट्टका अनुसार बैठकमा महासचिव, तीन उपमहासचिव र पाँच सचिवले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

उनले आइतबार (जेठ १०) पुनः बैठक बस्ने र बाँकी चार सचिवले आफ्नो धारणा राख्ने जानकारी दिए । त्यसपछि अध्यक्ष ओलीले सबै छलफलका विषयमा जवाफ दिने र बैठक औपचारिक रूपमा निष्कर्षमा पुग्ने बताइएको छ ।

भट्टले बैठकमा भएका छलफललाई बाहिर अतिरञ्जित रूपमा प्रस्तुत गरिएको भन्दै आन्तरिक बहसलाई स्वाभाविक राजनीतिक प्रक्रिया रूपमा लिनुपर्ने स्पष्ट पारे ।

उनका अनुसार सचिवालय बैठकमा कुनै पनि नेताले तत्काल अध्यक्षको राजीनामा माग गरेका छैनन् ।

बरु पार्टीलाई एकताबद्ध बनाएर ओलीकै नेतृत्वमा देखिएका समस्या समाधान गर्नुपर्नेमा अधिकांश नेताको जोड रहेको उनले बताए ।

सचिवालय बैठक आइतबार बिहान ११ बजे पुनः बस्नेछ, जसपछि एमालेको आन्तरिक राजनीतिक बहसले औपचारिक निष्कर्ष पाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077