Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

मदननगर बल्खुस्थित जग्गामा पार्टी कार्यालय भवन निर्माण गर्ने एमालेको निर्णय

मदननगर बल्खुस्थित जग्गामा पार्टी कार्यालय भवन निर्माण गर्ने एमालेको निर्णय

आइतवार , जेठ १०, २०८३

काठमाडौं । नेकपा एमालेले मदननगर बल्खुस्थित आफ्नै स्वामित्वको जग्गामा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ ।

आइतबार अध्यक्ष केपी शर्मा ओली को निवास गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

बैठकपछि निर्णय सार्वजनिक गर्दै उपमहासचिव लेखराज भट्टले आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने सहमति भएको जानकारी दिए।

उनका अनुसार २०७२ सालको भूकम्पपछि बल्खुस्थित पुरानो कार्यालय भवन क्षतिग्रस्त भएपछि एमालेको केन्द्रीय कार्यालय विभिन्न स्थानबाट सञ्चालन हुँदै आएको थियो।

प्राविधिक प्रतिवेदनका आधारमा सोही स्थानमा आधुनिक संरचना निर्माण गर्ने निर्णय गरिएको र अब आवश्यक प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077