Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविलाई हर्कको सुझाव - लिम्पियाधुरा, लिपुलेक फर्काउन भारतसँग बोल्नू

रविलाई हर्कको सुझाव - लिम्पियाधुरा, लिपुलेक फर्काउन भारतसँग बोल्नू

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवादसम्बन्धी विषय उठाउन सुझाव दिएका छन् । 

रास्वपा सभापति लामिछाने, सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा जेठ १८ गते भारत भ्रमणमा जाने कार्यक्रम तय भएको छ।

सोही भ्रमणलाई लक्षित गर्दै सांसदसमेत रहेका साम्पाङले सामाजिक सञ्जालमार्फत यस्तो सुझाव दिएका हुन् ।

साम्पाङले भनेका छन्, 'रबी लामिछाने जी, अब भारत गएर लिपुलेक लिम्पियाधूरा फर्काउन भारतसँग बोल्नु है ! पहिले पत्रकार हुँदा त निक्कै डुकृनु भाथ्यो ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077