Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री संसद्मा नआएको भन्दै सांसद राईको कटाक्ष - पैसा तिरेर भए पनि ल्याउनुपर्छ

प्रधानमन्त्री संसद्मा नआएको भन्दै सांसद राईको कटाक्ष - पैसा तिरेर भए पनि ल्याउनुपर्छ

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा उपस्थित नहुने विषयलाई लिएर कटाक्ष गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै सांसद राईले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने भए पनि नियमित रूपमा नआएको भन्दै असन्तुष्टि जनाए। उनले सभामुख डोलप्रसाद अर्याल प्रति सम्बोधन गर्दै आफ्नो भनाइ राखेका थिए।

सभामुखले “माननीय सदस्यज्यू आफ्नो कुरा राख्नुस्” भनेपछि राईले सुरुमा “आफ्नो त कुरै छैन, जनताकै कुरा लिएर आएका हौँ” भन्दै सरकारप्रति असन्तोष व्यक्त गरे। उनले वर्तमान राजनीतिक प्रणालीमै आफूहरू प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको संकेतसमेत गरे।

प्रधानमन्त्रीको अनुपस्थितिप्रति आक्रोश व्यक्त गर्दै राईले व्यंग्यात्मक शैलीमा भने, “सित्तैमा नआउने भए पैसा तिरेर भए पनि ल्याउनुपर्छ।” उनले थपे, “हामीले हाम्रो प्रधानमन्त्रीको आवाज जनतामा लैजान पाऔँ। जति महँगो भए पनि तिरौँ न!”

उनले प्रधानमन्त्रीलाई “कलाकार पृष्ठभूमिको व्यक्ति” भन्दै टिप्पणी गर्दै संसद् अनुपस्थितिलाई व्यवहारसँग जोडेर कटाक्ष गरे।

सांसद राईले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन सभामुखले रुलिङ गर्नुपर्ने माग पनि राखे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077