Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धरानको मेयरमा धनबहादुरलाई उम्मेदवारका रुपमा अघि सार्ने हर्क साम्पाङको घोषणा

धरानको मेयरमा धनबहादुरलाई उम्मेदवारका रुपमा अघि सार्ने हर्क साम्पाङको घोषणा

बिहिवार , जेठ १४, २०८३

काठमाडौं । धरान उपमहानगरको आगामी मेयर लागि श्रम संस्कृति पार्टीले आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ।

निर्वाचन हुन एक वर्ष बाँकी रहँदै पार्टी अध्यक्ष हर्क साम्पाङले धरान उपमहानगरको मेयर उम्मेदवार अहिले नै घोषणा गरेका हुन् ।

 साम्पाङले बिहीबार सामाजिक सञ्जालमार्फत धनबहादुर राईलाई मेयर पदका लागि अघि सारिएको जानकारी दिएका छन्।

धनबहादुरलाई मेयरमा उठाउने बाचा गर्दै साम्पाङले लेखेका छन्- 'आजदेखि मेयरको उम्मेदवार विषय टुंगियो, मैले धेरै सोचेँ, जनमत बुझेँ अनि मेरो पदचापलाई पछ्याउने धन ब. राई नै देखेँ !'

साम्पाङले जनमत, अनुभव र राजनीतिक अवस्थाको मूल्यांकनपछि राईलाई उपयुक्त उम्मेदवारका रूपमा छनोट गरिएको बताएका छन्। 

राई यसअघि नेकपा एमालेबाट धरान-४ का वडाध्यक्ष निर्वाचित भएका थिए। पछि उनी एमाले छोडेर श्रम संस्कृति पार्टीमा आबद्ध भएका हुन्। साम्पाङले सञ्चालन गर्दै आएको श्रमदान अभियानमा सक्रिय भएपछि उनी पार्टी नजिकिएका बताइन्छ।

सोही गतिविधिमा संलग्न भएको विषयमा एमाले धरानले उनलाई पदबाट हटाउन सिफारिससमेत गरेको थियो।

यसअघि स्वतन्त्र उठेर धरानको मेयरमा जितेका साम्पाङले भने पदत्याग गरी संघीय निर्वाचनमा होमिएर जित समेत हासिल गरिसकेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077