काठमाडौं । नेपाली कांग्रेसले कारबाही गरेपछि दुई वडाध्यक्ष पदमुक्त भएका छन्।
निर्वाचन आयोगले बिहीबार सूचना जारी गर्दै गुल्मीको मुसिकोट नगरपालिका-२ र धुर्कोट गाउँपालिका-३ को वडाध्यक्ष पदमुक्त भएको जानकारी गराएको हो ।
पदमुक्त हुनेमा मुसिकोट-२ का वडाध्यक्ष रवीन्द्र केसी र धुर्कोट-३ का वडाध्यक्ष रवीन्द्र केसी रहेका छन् ।
दुवै जना पछिल्लो समय काँग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएको विवरण सार्वजनिक भएको थियो।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दलसम्बन्धी नियमावली २०८४ को नियम २२ बमोजिम कांग्रेसले दुई वडाध्यक्षले दल त्याग गरेको जानकारीसहित आयोगसमक्ष पदमुक्तको लागि सिफारिस गरेको थियो ।
त्यसपछि दल परिवर्तनसम्बन्धी आन्तरिक निर्णय र केन्द्रीय कार्यसम्पादन समितिको सिफारिससहितको कागजात निर्वाचन आयोगमा प्राप्त भएपछि आयोगले उनीहरूको पद रिक्त भएको औपचारिक जानकारी गराएको हो।