Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बजेटमाथि हर्क साम्पाङको प्रश्न - तलब बढ्यो, बेरोजगार युवाले के पाए ?

बजेटमाथि हर्क साम्पाङको प्रश्न - तलब बढ्यो, बेरोजगार युवाले के पाए ?

शनिवार , जेठ १६, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

बजेटले रोजगारी सिर्जना गर्ने विषयलाई बेवास्ता गरेको भन्दै उनले सरकारमाथि कडा आलोचना गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष राईले सरकारी कर्मचारीको तलब वृद्धि गरिए पनि बेरोजगार युवाका लागि कुनै ठोस कार्यक्रम नआएको टिप्पणी गरेका छन् ।

‘जागिर हुनेको त तलब बढ्यो, नहुनेको चाहिँ के बढ्यो ? जागिर माग्न आउनु है युवा हो। १२ लाखलाई जागिर दिने कुरा थियो, चुपचाप भन्दै गर्दा,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

राईले न्यूनतम तलबसहित नयाँ रोजगारी सिर्जना नगरी सरकारी कर्मचारीको मात्र तलब बढाउने निर्णय स्वीकार्य नहुने चेतावनी दिएका छन्। उनले स्वदेशमै आर्थिक क्रान्ति र व्यापक रोजगारीको अवसर सिर्जना गर्नुपर्ने माग गर्दै युवाहरूलाई आन्दोलनका लागि तयार रहन आह्वानसमेत गरेका छन्।

उनको टिप्पणी विशेषगरी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित देखिएको छ। रास्वपाले निर्वाचनअघि सार्वजनिक गरेको ‘करार पत्र’मा सूचना प्रविधि, निर्माण, पर्यटन, कृषि र उद्योग क्षेत्रमा पाँच वर्षभित्र १२ लाख नयाँ तथा मर्यादित रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएको थियो।

यसैबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेका थिए।

नयाँ व्यवस्थाअनुसार कर्मचारीको हालको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि हुने भएको छ। ग्रेडसहित न्यूनतम मासिक पारिश्रमिक ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँभन्दा माथिसम्म पुग्ने सरकारको दाबी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077