Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद्मा प्रधानमन्त्रीको जवाफ- नेपालले पनि कतिपय स्थानमा भारतको जग्गा मिचेको रहेछ

संसद्मा प्रधानमन्त्रीको जवाफ- नेपालले पनि कतिपय स्थानमा भारतको जग्गा मिचेको रहेछ

आइतवार , जेठ १७, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले भारतले मात्र नभएर नेपालले समेत कतिपय स्थानमा जग्गा मिचेको दाबी गरेका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने- 'मैले पनि अस्ति प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको, भारतले नेपालको मात्र होइन नेपालले भारतको पनि कतिपय स्थानमा सीमा मिचेको रहेछ । हामी दुवै पक्ष सल्लाह गरेर मित्रताका हिसावले त्यसो समस्या समाधान गर्छोँ ।'

त्यसअघि विपक्षी दल श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपाल–भारतको सीमा समस्याबारे पश्न उठाएका थिए । 

साथै त्यसअघि कतिपय सांसदहरुले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूमी मिचेकोबारे सरकारको धारणा के छ भन्दै चासो राखेका थिए ।

यद्यपी उनले कहाँ कहाँ नेपालले सीमा मिचेको छ भन्ने बारे केही खुलाएनन् । 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077