Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बजेटबारे अर्थमन्त्री वाग्लेले भने- जीडीपीको अनुपातमा ठूलो आकारको छैन

बजेटबारे अर्थमन्त्री वाग्लेले भने- जीडीपीको अनुपातमा ठूलो आकारको छैन

आइतवार , जेठ १७, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेट आकारका हिसाबले ठूलो देखिए पनि कुल ग्राहस्थ उत्पादन (जीडीपी)को अनुपातमा भने सानो रहेको तर्क गरेका छन् । 

बजेट सार्वजनिक भएपछि आइतबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गदै वाग्लेले बाहिर भनिएजस्तै र हल्ला गरिएजस्तै बजेट महत्त्वाकांक्षी र ठूलो आकारको नआएको दाबी गरेका हुन्।

उनले भने- 'मेरो भित्रि मनदेखिको चाहना ठूलो आकारको बजेट ल्याउने हुँदै होइन । भूकम्प, कोरोनाअघि जुन आकारमा बजेट बन्ने गरेका थिए, सोही सानो आकारमा बजेट ल्याउने चाहना थियो । तर, यसो भन्दैगर्दा अहिलेको बजेट ठूलो छैन।'

यसअघि जीडीपीको तुलनामा औसत २५ देखि ३० प्रतिशतको आकारमा वार्षिक बजेट बन्ने गरेकोमा आफूले ३० प्रतिशत तलकै प्रतिशतमा बजेट ल्याएको उनले बताए ।

'बजेट प्रक्षेपित जीडीपीको तुलनामा जम्मा २८.५ प्रतिशतमा आएको छ । हाम्रो प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्ब रुपैयाँ बराबर रहेको छ । सोही अवसरमा उनले बजेटअघि नै सञ्चारमाध्ययमहरूमा सरकारले २५ खर्बको बजेट ल्याउँदै छ भनेर हल्ला मच्चाएको भन्दै सरकारमाथि अस्वाभाविक दबाब दिन खोजिएको बताए,' वाग्लेले थप भने।

तर, २१ खर्बको बजेट समय र आवश्यकतालाई हेरेर ल्याइएको उनले बताए । 

साथै उनले बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत, क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077