Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन शाह इतिहासकै हुतिहारा प्रधानमन्त्री हुन् : हर्क साम्पाङ

बालेन शाह इतिहासकै हुतिहारा प्रधानमन्त्री हुन् : हर्क साम्पाङ

आइतवार , जेठ १७, २०८३

काठमाडौं ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमासम्बन्धी अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा “नेपालले पनि भारतको भूमि मिचेको” भन्ने आशयको अभिव्यक्ति दिएको प्रसंगलाई लिएर सांसद समेत रहेका साम्पाङले त्यसको आधार र प्रमाणबारे प्रश्न उठाएका हुन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले उक्त दाबी कहाँ र कति स्थानमा लागू हुन्छ भन्ने स्पष्ट प्रमाण सार्वजनिक गर्न चुनौती दिए ।

उनले लेखेका छन्, 'डरपोक र हूतिहारा प्रधानमन्त्री इतिहासकै कलंक अभिव्यक्ती 'नेपालले भारतको भूमि मिचेको' कहाँ कति मिचेको हो पुष्टि गर्न चुनौती ।'

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा व्यापक बहस र विवाद भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077