Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रवि लामिछानेको भारत भ्रमणबारे भाजपाले दियो औपचारिक जानकारी

रवि लामिछानेको भारत भ्रमणबारे भाजपाले दियो औपचारिक जानकारी

आइतवार , जेठ १७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणबारे भारतीय जनता पार्टी (भाजपा) ले औपचारिक जानकारी सार्वजनिक गरेको छ।

भाजपाको विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण कार्यक्रमबारे जानकारी दिएका हुन्।

विज्ञप्तिअनुसार सभापति लामिछाने भोलि भारत प्रस्थान गर्ने कार्यक्रम छ । उनको नेतृत्वको टोलीले नयाँदिल्लीमा भाजपा अध्यक्ष नितिन नवीन तथा पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्नेछ ।

भ्रमणलाई दुई दलबीच औपचारिक संवादको सुरुआतका रूपमा प्रस्तुत गरिएको छ । विज्ञप्तिमा रास्वपा र भाजपाबीच संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचलगायत विषयमा विचार आदानप्रदान गर्ने उद्देश्य रहेको उल्लेख गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077