Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्लिज प्रधानमन्त्रीज्यु, अब संसद्‍मा नबोल्नु होला : अर्याल

प्लिज प्रधानमन्त्रीज्यु, अब संसद्‍मा नबोल्नु होला : अर्याल

सोमवार , जेठ १८, २०८३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का केन्द्रिय प्रचार विभाग प्रमुख दामोदर अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्‌मा उपस्थित भएर बोलेपछि आफ्नो पूर्वधारणा परिवर्तन भएको बताएका छन् ।

यसअघि प्रधानमन्त्रीले संसद्‌मा आएर आफ्ना धारणा राख्नुपर्ने पक्षमा रहेको बताएका अर्यालले सोमबार संसद्‌मा भएको सम्बोधनपछि आफ्नो विचार बदलिएको सामाजिक सञ्जालमार्फत जनाएका हुन् ।

उनका अनुसार प्रधानमन्त्रीको अभिव्यक्ति र प्रस्तुतिले आफूलाई निराश बनाएको उल्लेख गर्दै उनले अब प्रधानमन्त्रीलाई संसद्‌मा नबोल्न आग्रहसमेत गरेका छन् ।

अर्यालले सामाजिक सञ्जालमा लेखेका छन्, 'म पहिला प्रधानमन्त्रीले संसद्‌मा आएर बोल्नु पर्छ भन्ने पक्षमा थिएँ। हिजो उहाँले संसद्‌मा आएर बोलेपछि मेरो धारणा परिवर्तन भएको छ।'

उनले थप लेखेका छन्, 'म अब प्रधानमन्त्रीज्युलाई भन्न चाहन्छु, प्लिज प्रधानमन्त्रीज्यु ! अब तपाईं कहिल्यै संसद्‌मा आएर नबोल्नु होला। तपाईं जति बोल्नुहुन्छ, त्यति नेपाली जनताको शिर झुक्छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077