Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यमा आधारित हुनुपर्छ, चिया पसलको गफ जस्तो होइन: ज्ञानेन्द्र शाही

प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यमा आधारित हुनुपर्छ, चिया पसलको गफ जस्तो होइन: ज्ञानेन्द्र शाही

सोमवार , जेठ १८, २०८३

काठमाडौं। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले सिमाबारे संसद्‌मा दिएको अभिव्यक्त्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले नेपालले भारतको जग्गा मिचेको प्रमाण पेस गर्न आग्रह गर्दै त्यसबारे प्रमाण नभए प्रधानमन्त्री वालेन्द्र शाहको उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका हुन्।

'प्रधानमन्त्रीका तथ्यबिना बोलिएको अभिव्यक्ति रेकर्डबाट हटाउनका लागि अपिल गर्छु। चिया पसलको गफ र संसद्को अभिव्यक्ति बीच फरक हुन्छ। सामान्य नागरिकले भनेको कुरा र देशको प्रधानमन्त्रीले भनेको कुराको प्रभाव फरक हुन्छ। प्रधानमन्त्री ज्युले जब कुनै दाबी गर्नुहुन्छ, त्यसलाई देशले सरकारी धारणा ठान्छ,' उनले भने ।

उनले प्रधानमन्त्रीले बोलेको विषय चियाचौतारीको गफजस्तो नभएको टिप्पणी गरे। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077