Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आज भाजपाका शीर्ष नेतासँग राजनीतिक भेटवार्ता गर्दै रवि लामिछाने

आज भाजपाका शीर्ष नेतासँग राजनीतिक भेटवार्ता गर्दै रवि लामिछाने

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज नयाँ दिल्लीमा भारतीय राजनीतिक नेतृत्वसँग महत्वपूर्ण भेटवार्ता गर्ने भएका छन् ।

रास्वपा सभापति लामिछानेले नयाँ दिल्लीस्थित भाजपा केन्द्रीय मुख्यालयमा पार्टी अध्यक्ष नीतिन नवीनसहित उच्च तहका नेताहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार भेटवार्तामा नेपाल र भारतका लोकतान्त्रिक शक्तिबीचको सम्बन्ध, राजनीतिक दलहरूको अनुभव आदानप्रदान, लोकतान्त्रिक अभ्यास, क्षेत्रीय सहकार्य तथा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा केन्द्रित छलफल हुनेछ।

उनी सोमबारबाट पाँचदिने भारत भ्रमणमा रहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077