Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

उद्योग व्यवसायीपछि निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री बालेन

उद्योग व्यवसायीपछि निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री बालेन

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' ले आज निर्माण व्यवसायीसँग संवाद गर्ने भएका छन् ।

छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान साढे ११ बजे हुनेछ ।

बैठकमा विकास निर्माणको क्षेत्रमा देखिएका समस्या, समाधान, सरकारले गर्नुपर्ने सहजीकरणलगायतका विषयमा छलफल हुनेछ।

उक्त छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।  

नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको पूर्वसन्ध्यामा प्रधानमन्त्री शाहले निजी क्षेत्रसँगको संवाद तीव्र पारेका छन्।  

यसअघि प्रधानमन्त्रीमा नियुक्त भएको १०० दिनसम्म निजी क्षेत्रसँग औपचारिक संवाद नगरेका शाहले बुधबार उद्योगी तथा व्यवसायीहरूसँग डेढ घण्टा लामो छलफल गरेका थिए । 

छलफलका क्रममा व्यवसायीहरुले व्यवसायीहरुमाथि दोषी देखिए कारबाही भोग्न तयार रहे पनि सरकारले अनावश्यक धरपकड गरेकोमा आपत्ति जनाएका थिए।

प्रधानमन्त्री शाहले गल्ती गर्नेलाई छोड्न पनि नहुने र निर्दोषले त्रसित हुन नपर्ने भन्दै ढुक्क भएर काम गर्न आश्वस्त पारेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077