Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • विवाह गर्न त मन मिल्नु पर्यो नि

    विवाह गर्न त मन मिल्नु पर्यो नि

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 3.6K
    SHARES

    आशा भुसाल – नायिका
    ‘सुनपानी’सहितका आधा दर्जन फिल्ममा अभिनय गरेकी नायिका आशा भुसाललाई सबै प्रकारको अभियन गर्न मन पर्छ । म्युजिक भिडियोहरूमा समेत खेल्न भ्याएकी आशालाई अहिले पनि फिल्महरूको लागि अफर आइरहन्छन् । सबै खालका अभिनय गरिसकेकी आशाहले बोल्ड अभियन गर्ने धोको राखेकी छिन् । स–साना ब्यानर फिल्महरू खेलेपनि आशालाई नाम चलेका ब्यानरमा काम गर्ने ईच्छा छ । अहिलेसम्म उनले गरेका अभियनबाट आशा खुसी छिन् ।

    नेपाली फिल्म क्षेत्रमा लागेका डेढ दशक भइसकेको बताउने आशाले म्युजिक भिडियोमा पनि बेलाबेला अभियन गर्ने गरेकी छिन् । भन्छिन्, ‘फिल्म खेल्ने समयमा फिल्म खेल्छु । म्युजिक भिडियोमा पनि खेल्ने गरेको छु । बाँकी समय आफ्नै व्यवसाय छ ।’ आफूले अभिनय गरेका फिल्महरूका विषयमा उनले भनिन्, ‘मैले आफूले गरेको मूल्यांकन कसरी गरु ? मेरो मूल्यांकन दर्शकले गर्ने हो ।’



    सबै प्रकारका अभियन गर्न सक्ने क्षमता राख्ने आशालाई फरक शैलीका अभिनय गर्ने इच्छा । नेपालीसहित भोजपुरी फिल्महरूमा पनि नायिका भुसालले अभिनय गरेकी छिन् । भोजपुरी फिल्महरूमा काम गर्दा अलिक फरक अनुभव रहेको उनले बताएकी छिन् ।



    अहिलेसम्म अविवाहित रहेकी आशालाई घरपरिवारबाट विवाहका लागि दवाव पनि छ । आशाले आफूलाई मन पर्ने जोडी पाएकी छैनिन् । भन्छिन्, ‘विवाह गर्छु भनेर पनि नहुँदो रहेछ । आफूलाई पनि मन पर्ने केटा चाहिँदो रहेछ ।’ रुपमा भन्दा पनि मन र माया दुबै बुझेको युवकसँग विवाह गर्ने उनको धोको छ । विवाह र माया प्रेमका लागि आशालाई दैनिक सरह प्रस्ताव आइरहन्छन् । भन्छिन्, ‘माया गर्छुभन्ने भन्नेहरूको कुनै कमी छैन । सबैभन्दा ठूलो कुरा मन मिल्नुपर्ने रहेछ ।’

    फिल्म क्षेत्रमा लाग्दा घर परिवारबाट आशालाई असहयोग थियो । ‘फिल्ममा लाग्न मलाई घर परिवारबाट धेरै सहयोग थिएन’, उनले भनिन्, ‘समय परिवेशले आमाबुबाले सहयोग गर्नुभयो । अहिले सबैको सहयोग छ ।’

    नायिका आशाले सबै प्रकारका गीत संगीत मन पराउँछिन् । विशेष गरेर उनलाई सेन्टिमेन्टल गीतहरू मन पर्छ । गायक गायिकाहरूका विषयमा उनलाई धेरै ज्ञान छैन । आफूलाई गीतको लय, शब्द र संगीतले छोयो भने ती गीतहरूलाई सधैँ सुन्ने गरेको उनले बताइन् ।

    रहरले फिल्म क्षेत्रमा प्रवेश गरेकी नायिका भुसालले समय र उमेरले साथ दिँदासम्म अभियन गर्ने बताउँछिन् । उनलाई दीपाश्री निरौला र दीपकराज गिरीको निर्देशनमा बन्ने फिल्महरूमा अभिनय गर्ने ईच्छा छ । भन्छिन्, ‘दीपा र दीपकको निर्देशनमा काम गर्ने ईच्छा छ । उहाँहरूको निर्देशन र अभिनय मलाई मन पर्छ ।’

    भविष्यमा उनलाई फिल्म निर्देशन गर्ने इच्छा पनि छ । उनले भनिन्, ‘समयले के गर्छ हेरौँ ।’ घुमफिर, साथीभईहरूसँग रमाइलो गर्ने विषय नायिका भुसालका रुचिका विषय हुन् ।

    पछिल्लो समयका नयाँ कलाकारहरूमा राम्रो दख्खल रहेको उनको भनाइ छ । ‘समयअनुसारका कलाकार आएका छन्’, उनले भनिन्, ‘कलाकारहरूका विषयमा धेरै चिन्ता आवश्यक छैन । नयाँ पुस्ताका कलाकारमा धेरै खुबी छ ।’ नेपालीहरू फिल्महरू पहिलाभन्दा धेरै राम्रो बन्ने गरेको उनले बताइन् ।

    प्राविधिक, कलाकार, गीत, संगीत हरेक विषयमा नेपाली फिल्महरू उत्कृष्ट रहेको नायिका भुसालको भनाइ छ । ‘नेपाली फिल्महरू पनि अन्तर्राष्ट्रियस्तरका छन्’, उनले भनिन्, ‘नेपाली फिल्मको मेकिङमा प्रश्न गर्ने ठाउँ छैन ।’ नयाँ पुस्ताका निर्देशकहरू पनि धेरै राम्रो रहेको नायिका भुसालले बताएकी छिन् ।

    म्युजिक भिडियोहरूमा तपाईको रुचि कत्तिको छ भन्ने जिज्ञासामा नायिका भुसालले भनिन्, ‘रुचि छ । राम्रा गीतहरूमा अभिनय गर्न पाउनु भनेको दर्शकका माझ रहिरहनु पनि हो ।’ म्युजिक भिडियो उनको धेरै रुचि छ ।

    कसैले म्युजिक भिडियोका लागि अफर गर्यो भने नायिका भुसालले अस्वीकार गर्दिनन् । तर, गीतको संगीत, शब्द र अन्य प्राविधिक विषयमा भुसालले ध्यान दिने गरेकी छिन् । उनले जस्ता पायो त्यस्ता गीतहरूमा अभिनय गर्न मन गर्दिनन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार