Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • विद्यालय अनिश्चितकालका लागि बन्द गर्न उपमहानगरको निर्देशन

    विद्यालय अनिश्चितकालका लागि बन्द गर्न उपमहानगरको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 4.3K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । चीनबाट सुरु भइ विश्व भर फैलिरहेकाे नाेबेल काेरोना भाइरस संक्रमण नेपालमा फैलिन सक्ने भन्दै सरकारले चैत ५ गतेभित्र वार्षिक परीक्षा सक्न निर्देशन दिएको छ। तर सरकारले उक्त निर्देशन दिएकाे बेला कैलालीको धनगढी उपमहानगरपालिकाले त्योभन्दा अगावै विद्यालय बन्द गर्न निर्देशन जारी गरेको छ । जसले विद्यार्थीकाे भविष्य अन्याैलमा पर्न गएकाे छ।

    धनगढी उपमहानगरपालिकाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै नगर क्षेत्रका सबै माध्यमिक तहसम्मको शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको हो।उपमहानगरपालिकाको निर्णय अनुसार आइतवारदेखि लागू हुने गरी शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।



    विज्ञप्तिमा भनिएको छ, ‘यस उपमहानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू लगायत सम्पूर्ण शिक्षण संस्थाहरूमा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षा लगायत पठनपाठनका सम्पूर्ण क्रियाकलापहरू अर्को सूचना नभएसम्म मिति २०७६/११/२५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरिएको व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र आम नगरवासीमा जानकारी गराइन्छ ।’



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार