Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भारत र चीनसँगको सीमा नाका बन्द गर्ने सरकारको निर्णय

    भारत र चीनसँगको सीमा नाका बन्द गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 4K
    SHARES

    काठमाडौं। सरकारले भारत र चीनसँगको सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को साँझ बसेको बैठकले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सबै सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको हो।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वभर फैलंदै गएको कोरोना भाइरसको संभावित संक्रमण नेपालमा रोक्नका लागि चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो।



    बैठकले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय गरेको छ। सबै मन्त्रीले आफ्नो एक-एक महिनाको तलब उक्त कोषमा राख्ने निर्णय पनि भएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार