Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • हीरा लुट्ने प्रहरी र पत्रकारलाई डाँका तथा लुटपाटमा मुद्दा

    हीरा लुट्ने प्रहरी र पत्रकारलाई डाँका तथा लुटपाटमा मुद्दा

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 3.4K
    SHARES

    काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिका–५ चौकिटारकी धनलक्ष्मी गुरूङको घरमा हीरा खरिद गर्ने भन्दै हिरा लुटेर भाग्ने तीन प्रहरीसहित एक पत्रकारलाई मकवानपुर प्रहरीले डाँका तथा लुटपाटमा मुद्दा चलाउने भएको छ ।

    काठमाडौंकी एक किशोलीलाई कोरोना भाइरसको संक्रमण देखिएसँगै सबै क्षेत्रमा लकडाउन गर्नु पर्ने बेला प्रहरी र सञ्चारकर्मी माथि नै मुद्दा चलाउनु पर्ने अवस्था श्रृजना भएको छ ।



    हिरा किन्ने भनेर आइतबार साँझ गुरुङको घरमा पुगेका महानगरीय प्रहरी कार्यालयको मातहतमा रहेको सीआरभीको टोलीका तीन प्रहरी र एक पत्रकार पेस्तोल देखाई हिरा लुटेर फरार भएका थिए ।



    हीरा लुटेर फरार भएका उनीहरुलाई इलाका प्रहरी कार्यालय पालुङको टोलीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सीआरभीमा कार्यरत असई सुरेन बस्याल र जवान हेमकान्त मगर तथा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान वीरबहादुर बस्नेत रहेका छन् ।

    त्यस्तै पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैँसेपाटीका सुजन आचार्य रहेका छन् । उनी पत्रकार भएको खुलेको छ ।

    उनीहरुको साथबाट ६१.६० क्यारेटको हीरा एक थान, लुटपाटमा प्रयोग गरेको प्रदेश–३–०१–०१–००२२च ३३६२ नम्बरको कार, लोड अवस्थामा रहेको पेस्तोल, ४ वटा सञ्चारसेट, मोबाईल र ल्यापटपसमेत बरामद गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

    मकवानपुर प्रहरीका अनुसार पक्राउ परेका चारैजनामाथि डाँका तथा लुटपाटमा मुद्दा चलाइने छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार