Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • प्रादेशिक अस्पतालबाट तेस्रो पटक भागे कोरोना संक्रमित

    प्रादेशिक अस्पतालबाट तेस्रो पटक भागे कोरोना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 1.9K
    SHARES

    जनकपुर । जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचाररत मानसिक सुन्तलन बिग्रेका सर्लाहीका ४० वर्षीय पुरुष आइतबार बिहान भागेका छन् । उनी आइतबार तेस्रो पटक अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

    उनका अनुसार एक साता अगाडि पनि अस्पतालबाटै भागेका उनी धनुषाधामबाट पक्राउ परेको र त्यहाँबाट जनकपुर ल्याउँदा ल्याउँदै बाटोबाटै भागेकोमा पुनः नियन्त्रणमा लिएर अस्पतालमा भर्ना गरिएकाे थियाे



    आइतबार तेस्रोपटक अस्पतालबाटै भागेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले मानसिक सन्तुलन ठीक नरहेको उनको उपचार गर्न चिकित्सकलाई पनि हैरानी झेल्नु परिरहेको बताए ।



    उनी भर्ना रहेको कक्षमा प्रायः मूलगेटमा ताला लगाएर राख्‍ने गरेको बताउँदै यादवले एकछिन ढोका खुलेको मौका छापेर पुनः भागेको जनाए । प्रादेशिक अस्पताल जनकपुरमा धनुषा, महोत्तरी र सर्लाहका गरी ९ जना संक्रमितको उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार