Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • न्यायाधीशका अंगरक्षकद्वारा कन्चटमा गोली हानी आत्महत्या

    न्यायाधीशका अंगरक्षकद्वारा कन्चटमा गोली हानी आत्महत्या

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 3.6K
    SHARES

    फाइल फोटो

    धरान ।  जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकर राईका अंगरक्षक प्रहरी हबल्दारले आँफैलाई गोली हानी आत्महत्या गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार प्रहरी हबल्दार ओमप्रकास खतिवडाले सोमबार बेलुका आफैंले बोकेको पेस्तोलबाट गोली हानी आत्महत्या गरेका हुन ।



    हबल्दार खतिवडाले जिल्ला अदालत परिसरमा नै कन्चटमा चाइनिज  पेस्तोलले आफैंलाइै गोली हानेको खुलेको छ ।



    थापाका अनुसार  प्रहरी ब्यारेकमा बसेका उनी अदालतको छतमा गएर फोनमा कुरा गरिरहेको अवस्थामा आफैंलाई गोली हानेर ढलेका थिए ।

    गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा पुयाइएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

    प्रहरीले आत्महत्याको कारणबारे अनुसन्धान थालेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार