Online Nepal
  • मंगलबार, ६ चैत्र २०८०
  • सर्किट ब्रेक लागेपछि सेयर कारोबार बन्द

    सर्किट ब्रेक लागेपछि सेयर कारोबार बन्द

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 6K
    SHARES

    काठमाडौं । कारोबार खुलेको डेढ घण्टा नपुग्दै आज (बुधबार) पनि ६ प्रतिशतले बजार बढेर ‘पोजिटिभ सर्किट’ लागेपछि कारोबार स्थगित गरिएको छ ।

    कोरोना त्रासकै बीच सोमबारदेखि खुलेको बजार पहिलो दिन दोहोरो अंकले घटेको थियो भने मंगलबार पनि पोजिटिभ सर्किट लागेको थियो ।



    ११ बजे खुलेदेखि नै उकालो लागेको बजारमा आज पनि खरिद गर्नेहरुको अत्याधिक चाप रह्यो। १२ बजेर २४ मिनेट जाँदा नै बजार ६ प्रतिशतले बढेपछि सर्किट लागेर आजका लागि कारोबार बन्द भएको हो।



    ६ प्रतिशतले बजार बढेमा वा घटेमा त्यस दिनका लागि कारोबार बन्द हुने व्यवस्था छ। यसअघि हिजो पनि ६ प्रतिशतले बजार बढेर सर्किट लागेपछि बीचमै कारोबार बन्द भएको थियो।

    बुधबार ७५ अंकले बढेपछि नेप्से १३ सय ३६ अंकमा कायम भएको छ।

    यस दिन ४० करोड रुपैयाँको सेयर कारोबार भयो। होटल बाहेकका सबै उपसमूहहरु बढेका छन्। होटल ५ दशमलव १५ अंकले घटेको छ ।

    ३ हजार ८ सय ९० कारोबारबाट ११ लाख १ हजार २ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४० करोड ७३ लाख ५२ हजार २ सय ४७ रुपैयाँको सेयर कारोबार भएको छ ।

    बैंकिङ ८२, व्यापार ३३, विकास बैंक ५७, जलविद्युत ३३, फाइनान्स ४, निर्जीवन बीमा समूह ३२२, उत्पादन १०२, अन्य २०, माइक्रोफाइनान्स १०१, जीवन बीमा ५४८ अंकले बढेका छन्।

    यस दिन पनि १ दर्जन कम्पनीका लगानीकर्ताले १० प्रतिशत नाफा कमाए। सिटिजन्स बैंक, साना किसान विकास बैंक, नागरिक लगानी कोष, नेशनल लाइफ इन्स्योरेन्स, आरएमडिसी लघुवित्त, बुटवल पावर, गुँरास लाइफ, शिखर इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, सिद्धार्थ बैंकका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार