Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौंका २ जनामा कोरोना संक्रमण, देशभर १७३ डिस्चार्ज

    काठमाडौंका २ जनामा कोरोना संक्रमण, देशभर १७३ डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । काठमाडौंमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टमा काठमाडौंमा २ जनासहित १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैबीच आज थप १ सय ७३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ११ हजार ८ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले पछिल्लो २४ घण्टमा थप १ सय ७३ जना कोरोना संक्रमण मुक्त भएको जानकारी दिए । जसमध्ये ४० जनाको मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार