Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • त्रिवि व्यवस्थापन संकायको परीक्षा भदौ देखि

    त्रिवि व्यवस्थापन संकायको परीक्षा भदौ देखि

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायले स्थगित भएको स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने भएको छ ।

    व्यवस्थापन संकायको डीन कार्यालयले शुक्रबार सूचना जारी गरी स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो हप्तादेखि र स्नातक प्रथम, दोस्रो, पाँचौं तथा सातौं तहका सत्रान्त परीक्षा भदौ तेस्रो साता सञ्चालन गर्ने बताएको छ ।



    नयाँ परीक्षा तालिका भने सार्वजनिक गरिएको छैन । सरकारले भदौ १ देखि लामो दूरीको यातायातसमेत सञ्चालन गर्ने निर्णय गरेकाले परीक्षा सञ्चालन गर्न लागिएको सहायक डीन प्रा.डा. ध्रुवकुमार गौतमले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार