Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कांग्रेस, माओवादी र नेकपा एसका संगठनले मागे त्रिवि पदाधिकारीको राजीनामा

    कांग्रेस, माओवादी र नेकपा एसका संगठनले मागे त्रिवि पदाधिकारीको राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 927
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकार आबद्ध तीन दलका प्राध्यापक संघ–संगठनले त्रिविका पदाधिकारीको राजीनामा माग गरेका छन् । तालाबन्दी भएको झन्डै दुई महिनापछि ती संगठनले राजीनामा मागेका हुन् ।

    नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेकपा एस निकट एकीकृत प्रगतिशील प्राध्यापक संगठनले तीन पदाधिकारीको राजीनामा माग गरेका हुन् ।



    त्रिविमा नेविसंघ र आंशिक शिक्षकले लगाएको ताला खोल्ने विषयमा सुझाव दिन छाडेर उनीहरूले उल्टै राजीनामा माग गरेका हुन् । राजीनामा मागेका तीन संगठनले उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्ट्रार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको राजीनामा मागेका छन् । तीन पदाधकारीमध्ये उपकुलपति र रजिस्ट्रार एमाले निकट हुनुहुन्छ । शिक्षाध्यक्ष भुसाल माओवादी निकट हुनुहुन्छ ।



    विगत लामो समयदेखि भागबन्डामा देशका ११ वटै विश्वविद्यालयमा राजनीति आडमै पदाधिकारी नियुक्ति भइरहेका छन् । त्रिविमा तीन दल हाबी देखिएको छ । उनीहरूले निश्चित राजनीतिक पार्टी र गुट स्वार्थमा लिप्त रहेर अरुलाई लान्छना लगाउने कार्य पदाधिकारीबाटै भएको आरोप लगाउँदै राजीनामा मागेका हुन् । तीन संगठनले विज्ञप्ति जारी गरी राजीनामा मागेका हुन् । ती संगठनले उपकुलपतिले अप्राज्ञिक, अमर्यादित अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्लेख छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार