Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ओलीकै दूतद्वारा गृहमन्त्रालयको नियमलाई ‘जात्रा’को संज्ञा

    ओलीकै दूतद्वारा गृहमन्त्रालयको नियमलाई ‘जात्रा’को संज्ञा

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका दूत भनेर चिनिने पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले गृहमन्त्रालयको चर्को आलोचना गरेका छन्।

    गृहमन्त्रालयको सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले बालबालिका र वृद्धवृद्धाले दुःख पाएको गुनासो गरेका छन्।  गृहमन्त्रालयको  उक्त नियमको मन्त्री बास्कोटाले आलोचना गरेका छन् ।



    यस्तो नियमलाई गृहमन्त्रालयको ‘जात्रा’ भनेर मन्त्री बास्कोटाले आलोचना गरेका छन् ।



    बास्कोटाले ट्वीटरमा लेखेका छन्, ‘गृहमन्त्रालयले के जात्रा देखाको ? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने, फेरि अर्को बस चढाउने रु न चेकजाँच न अरु रु बेकारको सास्ती, के उद्देश्यले यात्रुलाई दुःख दिएको ?  तत्काल हटाऊ ।’

    सरकारले लकडाउन अन्त्य गरेसँगै जिल्लाभित्र सार्वजनिक गाडीहरु चल्न थालेका छन् । तर, एक जिल्लाको सिमाना सकिएर अर्को जिल्लाको सिमाना सुरु हुँदा यात्रुहरुले गाडी बदल्नुपर्ने नियम बनाइएको छ। यसैमा बास्कोटाको आपत्ति रहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार