Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • धनुषामा १८ वर्षीया युवती बलात्कृत

    धनुषामा १८ वर्षीया युवती बलात्कृत

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । धनुषामा १८ वर्षीया युवती बलात्कृत भएकी छन् । क्षिरेश्वनाथ नगरपालिकाको वडा नम्बर ३ कि दलित समुदायकी युवतीलाई स्थानीय कलाम राइनले बलात्कार गरेका हुन्। उनले घरबाटै लगी बलात्कार गरेको पीडित युवतीले प्रहरीलाइ बयान दिएकी छन् ।

    पीडित युवतीका परिवारले सोमबार राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्केकी छाेरी ३० बर्षीय राइनले जबर्जस्ती लगी बलात्कार गरेको भन्दै उजुरी दिएकाे छ।



    राइनले ती युवतीलाई बिहान ३ बजेतिर घर छोड्न आएपछि घटना बाहिरिएको हो । युवतीले आफूलाई लगेर बलात्कार गरेको बताएपछि बालिकाका आफन्त र गाउँलेले तत्कालै युवकलाई नियन्त्रणमा लिई कुटपिट गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मा लगाएका छन् । कुटपिटबाट युवक घाइते भएका छन् ।



    इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक पप्पु नायकले स्थानीयले जिम्मा लगाएपछि युवती र युवक दुबैको स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको जानकारी दिए । घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक नायकले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार