Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • थप ३११ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितको संख्या १९ हजार नाघ्यो

    थप ३११ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितको संख्या १९ हजार नाघ्यो

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १२१ जना कोरोना संक्रमणमुक्त भएको जानकारी गराए ।



    योसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार ८७५ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार