Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • एन्फाकाे १९ औँ साधारणसभा अनिश्चित

    एन्फाकाे १९ औँ साधारणसभा अनिश्चित

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी भदौ १५ गते गर्ने भनिएको १९ औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ । एन्फा प्रवक्ता किरण राईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै साधारणसभा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गर्ने बताएका हुन् । कोरोना भाइरसका कारण एन्फाको साधारणसभा दोस्रो पटक स्थगित गरिएको हो ।

    यसअघि एन्फाले गत चैतमा साधारणसभा स्थगित गरेको थियो । सरकारले कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नका लागि गोष्ठी, भेला र सम्मेलन गर्न निषेध गरेकाले साधारणसभा स्थगित गर्नुपरेको प्रवक्ता राईले बताए। सङ्क्रमणको दर बढ्न थालेको र जोखिमलाई ध्यानमा राख्दै साधारणसभा स्थगित गरिएको उनको भनाइ छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार