Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रिय टिमको कार्यवाहक प्रशिक्षकमा हुमागाईं

    राष्ट्रिय टिमको कार्यवाहक प्रशिक्षकमा हुमागाईं

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय पुरुष फुटबल टिमको कार्यवाहक मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईंलाई नियुक्त गरेको छ ।

    सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी बैठकले वर्तमान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेकाले कार्यवाहक प्रशिक्षकको रूपमा हुमागाईंलाई नियुक्त गरेको सहभागी एक सदस्यले बताएका छन् ।



    कुवेतमा आयोजना भएको एएफसी एसियन कप छनोटपछि अब्दुल्लाह बिदामा बसेका छन् । हाल उनी कुवेतमै छन् ।



    नेपालले अर्को महिना बंगलादेशसंग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । सोही खेलका लागि हुमागाईंलाई प्रशिक्षक नियुक्त गरिएको हो ।

    हुमागाईं अन्तिम पटक नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीमा अनुबन्ध भएका थिए । त्यस अघि उनीसँग शीर्ष डिभिजन क्लब थ्री स्टारमा काम गरेको अनुभव छ । हाल उनी अमेरिकामा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार