Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • लमजुङका ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि

    लमजुङका ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, ३ भाद्र २०७७
  • 2.4K
    SHARES

    लमजुङ । लमजुङका थप ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएकाे छ । १ प्रहरीमा कोरोना संक्रमण देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङमा ३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । उनका अनुसार अझै ८ जना प्रहरी र ३ जना थुनुवाको रिपोर्ट आउन बाँकी छ । कोरोना संक्रमण पुष्टि भएकामध्ये १ जना हवल्दार र २ जना सिपाही हुन् ।

    उपचारमा रहेका एक प्रहरी सई तनहुँस्थित घरमा आराम गरी फर्केकोमा उनको आमालाई कोरोना संक्रमण भएपछि कन्ट्रयाक्ट ट्रेसिङका लागि तनहुँ गएका थिए । शनिबार उनको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि लमजुङका ४४ प्रहरी र ९ जना थुनुवाको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार