Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ६ भाद्र २०७७
  • 1.8K
    SHARES

    वीरगन्ज । वीरगन्जमा थप एक कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ। वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचार गराइरहेका ६१ वर्षीय पुरुषको मृत्यु भएको हाे ।

    अस्पताल स्रोतका अनुसार पर्साको बहुदरमाई नगरपालिका डोकैला बहुअरी निवासी ती पुरुषको शनिबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको हो ।



    मुटु, दम र उच्च रक्तचापका बिरामी रहेका ती पुरुषको स्वास्थ्य अवस्था बिग्रिएपछि साउन ३१ मा आफन्तले वीरगन्जको अली अर्थो ट्रमा सेन्टरमा भर्ना गरेका थिए । पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ४ गते कोरोना अस्पतालमा रेफर गरिएको थियो ।



    कोरोना अस्पतालमा उपचारकै क्रममा शनिबार बिहान उनको मृत्यु भएको नारायणी अस्पतालका फिजिसियन डा.निरजकुमार सिंहले जनाए । शुक्रबार वीरगन्जमा दुई कोरोना संक्रमितको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार