Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • साढे ८ किलो चरेससहित २ जना पक्राउ

    साढे ८ किलो चरेससहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 3.7K
    SHARES

    काठमाडाैं । पर्साबाट प्रहरीले  साढे ८ किलो लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । चरेससहित पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ का ४५ वर्षका रामचन्द्र राय थारु र ५० वर्षका जितन ओझैयालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

    गाउँपालिकाको वडा नम्बर ५ स्थित मनिअर्वा सडकखण्डमा राम चन्द्रले चलाएर आएको बिआर २२ एजी ७३७२ नम्बरको भारतीय मोटरसाइकललाई प्रहरीले रोकेर चेकजाँच गर्दा उनको साथबाट ४ किलो ५ सय ग्राम चरेस, ५ सय ग्राम गाजाको धुलो र पछाडी बस्ने ओझैयाको साथबाट ४ किलो चरेस तथा ५ सय ग्राम गाजाको धुलो बरामद गरेको प्रहरीले जानकारी दिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार