Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कपिलवस्तुका ५० वर्षीय संक्रमितको बुटवल कोरोना अस्पतालमा मृत्यु

    कपिलवस्तुका ५० वर्षीय संक्रमितको बुटवल कोरोना अस्पतालमा मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ११ भाद्र २०७७
  • 2.9K
    SHARES

    तिलोत्तमा । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले गत भदौ ५ गते अस्पतालमा भर्ना भएका कपिलवस्तु–१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति १०:४५ बजे मृत्यु भएको बताए ।
    उनका अनुसार भर्ना भएको अर्को दिनबाटै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो तर बिरामीलाई उच्च रक्तचाप, मधुमेह र मिर्गौलामा समस्या भएकाेले स्वास्थ्यमा बढी समस्या अाएकाे थियाे।



    यसअघि मृतकलाई मुटु अस्पतालमा राखी डायलसिस गरिराखिएको र कोरोना संक्रमण पुिष्ट भएपछि कोरोना विशेष अस्पतालमा राखी उपचार गरिएको थापाले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार