Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काेराेना संक्रमणबाट महोत्तरीकी ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु

    काेराेना संक्रमणबाट महोत्तरीकी ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १६ भाद्र २०७७
  • 4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा महोत्तरीकी एक ४ वर्षीया बालिका र अन्य १० जना पुरुषहरु रहेका छन् ।

    महोत्तरीका ३७ वर्षीय पुरुष, सिरहाको ६५ वर्षीय पुरुष, पर्साको ३ जना ५३, ८० र ६० वर्षीय पुरुषहरु रहेका छन् । त्यस्तै बाराका ६० वर्षीय, चितवनका ५२ वर्षीय पुरुष, काठमाडौंका ७० र ३५ वर्षीय पुरुष र मकवानपुरका ५८ वर्षीय पुरुष रहेका मन्त्रालयले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार