Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पुल्चोक घटना : ट्राफिक प्रहरीमाथि कुटपिट गरेको अभियोगमा ९ जना पक्राउ

    पुल्चोक घटना : ट्राफिक प्रहरीमाथि कुटपिट गरेको अभियोगमा ९ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १८ भाद्र २०७७
  • 6.2K
    SHARES

    काठमाडौं । महानगरिय प्रहरी परिसर ललितपुरले पुल्चोकमा रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपिट गरेको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ  ।

    स्थानीय समुहले  ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेको थियो ।  रातो मछिन्द्रनाथको रथ यात्रा गर्न दबाब दिँदै  युवाहरुले प्रदर्शनगर्दा झडप भएको थियो ।



    रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएको छ। प्रहरीले पक्राउ परेकाहरुलाई पिसीआर जाँच गरेर अभद्र व्यवहारको कसूर अन्तरगत मुद्दा चलाउने तयारी गरेको जनाएको छ ।



    पुल्चोक घटनामा पक्राउ व्यक्तिहरु :
    १) लपु मनपा वडा १६ गावाहाल, बर्ष ४० को महेश बज्राचार्य
    २) ऐ वडा ११ बंगलामुखी, बर्ष ३९को पृथ बिन्दु महर्जन
    ३) ऐ वडा २१ बस्ने बर्ष ३८ को अशोज कुमार महर्जन
    ४) ऐ वडा ६ बस्ने बर्ष ३६ को रवि शाक्य
    ५) ऐ वडा १६ बस्ने बर्ष ४० को रविन शाक्य
    ६) महालक्ष्मी नपा वडा १ इमाडोल बस्ने बर्ष ४३ को सुविन शाक्य
    ७) ऐ इमाडोल को ध्रुवराज बज्राचार्य,
    बर्ष ४७
    ८) भक्तपुर ठिमी-८, बर्ष ३२ को श्याम श्रेष्ठ
    ९) का. जि. कामनपा वडा १६ बस्ने बर्ष ४०को यादवलाल कायस्थ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार