Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३२२ पुग्याे

    काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३२२ पुग्याे

    अनलाइन नेपाल
  • शुक्रबार, २६ भाद्र २०७७
  • 2.8K
    SHARES

    फाइल तस्बिर

    काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप ५ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३२२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

    शुक्रबार मृत्यु पुष्टि हुनेहरूमा माेरङकी ४० वर्षीय महिला, महाेत्तरीका ६५ वर्षीय पुरूष, धनुषाका ४५ वर्षीय पुरूष, काठमाडाैंका ७० वर्षीय पुरूष र नवलपरासीका ५५ वर्षीय पुरूष रहेका छन् । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे प्रतिशत ०.६२ रहेकाे मन्त्रालयले जनाएकाे छ ।





    नेपालमा आज शुक्रबार थप १ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार