Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कंगनाले उर्मिलालाई ‘सफ्ट पोर्नस्टार’ भन्दा सनी लियोनी दुखी, बलिउडमा हंगामा

    कंगनाले उर्मिलालाई ‘सफ्ट पोर्नस्टार’ भन्दा सनी लियोनी दुखी, बलिउडमा हंगामा

    अनलाइन नेपाल
  • शनिबार, ३ असोज २०७७
  • 2.9K
    SHARES

    मुम्बइ। बलिउड अभिनेत्री कंगना रनोटका कारन अहिले बलिउडमा हंगामा मच्चिएको छ। सुशान्त सिंह राजपुतको आत्महत्या केसमा प्रेमिका रिया चक्रवर्ती ड्रग्स काण्डमा फसेकी छन्। रिया चक्रवर्ती ड्रग्स काण्डमा फसेपछि बलिउडका धेरै कलाकारहरुमथि ड्रग्स प्रकरणमा अनुसन्धान हुनुपर्ने माग बढेको छ।

    कंगनाले हालै दिएको एक बयानमा उर्मिला मातोंडकरलाई सफ्ट पोर्नस्टार भनिन् । उर्मिलालाई सफ्ट पोर्न स्टार भनेपछि कंगनाअहिले पूरै बलिउडको निशानामा परेकी छिन् ।आफुलाई सम्झाउनेहरुलाई कंगना रनौतले भनेकी छन् , ‘ उर्मिलाले मलाई रुदाली र वेश्या भनेर बोलाउँदा तपाईंहरुको ख्याती कहाँ गयो  त्यो बेला ?’



    उनले एक ट्वीट गर्दै सनी  लियोनीलाई रोल मोडलको रुपमा हेर्न नसकिने वताइन  । केही झुटा फेमिनिस्टलाई यो कुरासँग समस्या थियो कि सनी लियोनीलाई पोर्नस्टार किन भनियो ।’



    अहिले सनीले कंगनाको त्यही ट्वीटमाथि प्रतिक्रिया दिएकी छिन् । सामाजिक संजालमा पारिवारिक फोटोहरु मात्र पोस्ट गर्ने सनीले यसपटक खुलेर आफ्ना विचार राखेकी छिन् । सनीले कंगनाको नाम नलिइ भनेकी छिन् ‘कति रमाइलो छ । मानिसहरु जसलाई तपाइँको बारेमा सबैभन्दा कम थाहा छ उनीहरुसँग नै तपाइँबारे बोल्ने धेरै कुरा छ ।’

    सामाजिक संजालमा सनीको यो पोस्ट भाइरल भएको छ । उनका फ्यानहरु सनीको समर्थनमा आएका छन् ।

    साथै, सनी लियोनीको नाम लिँदै ट्वीटमा कंगना लेख्छिन्, ‘लिबरल ब्रिगेडले एक पटक प्रख्यात लेखकलाई भर्चुअल लिंचिंगबाट चुप गरायो – किनभने उनले भनेका थिए कि सनी लियोनी हाम्रो रोल मोडल हुनुहुन्न। सनी लियोनलाई उद्योगमा एक कलाकारको रूपमा स्वीकारिन्छ र नक्कली नारीवादीहरूले अचानक अश्‍लील ताराहरूसँग अपमानको तुलना गर्न थाल्छन्।’कंगनाका यी शब्दहरू सनी लियोनीलाई धेरै कष्टप्रद छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार