Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना भाइरस संक्रमणका कारण दुई जनाको मृत्यु

    कोरोना भाइरस संक्रमणका कारण दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ९ असोज २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । कोरोना भाइरस भाइरस(कोभिड-१९ ) संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।  बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत ५२ वर्षीय पुरुषको आज बिहान र पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचाररत ७७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

    स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार ६ गते नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।



    उनको दुवैतिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको समस्या थियो ।



    रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दागर्दै ती पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

    यसैगरी पर्साको वीरगञ्जमा पनि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका–१ का ७७ वर्षीय पुरुषको नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार राति साढे ८ बजे मृत्यु भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार