Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चितवनमा ४० वर्षीय बेवारिसे कोरोना संक्रमितको मृत्यु

    चितवनमा ४० वर्षीय बेवारिसे कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 2.1K
    SHARES

    फाइल तस्बिर

    चितवन । चितवनमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

    भरतपुर अस्पतालमा उपचाररत ४० वर्षीया बेवारिसे महिलाको बेलुकी ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।



    असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएको देखिएपछि उनलाई अस्पताल ल्याइएको थियो । उनमा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।



    स्वास्थ्यमा थप जटिलता आउन थालेपछि उनलाई सोही दिनदेखि कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो । ती महिलाको ठेगाना खुलेको छैन भने आफन्त पनि सम्पर्कमा नरहेको भरतपुर अस्पतालले जनाएको छ ।

    चितवनमा आइतबार मात्रै भरतपुर अस्पतालमा दुई जना र चितवन मेडिकल कलेजमा एक जना गरी तीन जना संक्रमितको मृत्यु भएको छ । शनिवार पनि चितवनमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार