Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • तनहुँमा कोरोना संक्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु

    तनहुँमा कोरोना संक्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २८ असोज २०७७
  • 2.8K
    SHARES

    दमौली । तनहुँमा कोरोना संक्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा छन् ।

    ९८ वर्षीय पुरुषको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौंस्थित बीएण्डबी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



    ९८ वर्षीय बाबु बिरामी परेपछि चितवनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि उनलाई काठमाडौं लगिएको थियो । उपचारका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । बुबाको स्यहारसुसारमा खटिएका दुई छोरालाई पनि पछि कोरोना देखिएको थियो ।



    योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । यस अगाडि ब्यास नगरपालिकाका दुई, म्याग्दे गाउँपालिकाका एक, आँबुखैरेनी गाउँपालिकाका दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार