Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • चिनियाँ सेनालाई युद्धको तयारी गर्न राष्ट्रपतिले किन आदेश दिए ?

    चिनियाँ सेनालाई युद्धको तयारी गर्न राष्ट्रपतिले किन आदेश दिए ?

    अनलाइन नेपाल
  • शुक्रबार, ३० असोज २०७७
  • 5.1K
    SHARES

    एजेन्सी। भारत र चीनबीच लद्दाख सीमामा ६ महिनादेखी जारी तनाब अझै कायमै छ। पछिल्लो समयमा दुबैदेशबीच वार्ता भएपनि सीमामा भने शक्ति संघर्श चल्दै आएको छ।

    खासै बोल्न नरुचाउने चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना सेनालाई युद्धका लागि तयार रहन आदेश दिएसँगै भारत र चीनबीच के अब युद्द हुन लागेको त होइन भन्ने प्रश्न उठ्न थालेको छ। ।



    चिनियाँ सरकारी मिडिया सिन्ह्वा न्युज एजेन्सीले बिहीबार राष्ट्रपति सी जिनपिङले दिएको आदेशलाई उल्लेख गर्दै भनेको छ ‘सैनिकहरु उच्च सतर्कतासाथ रहनुपर्छ । तपाईँहरु आफ्नो सम्पूर्ण दिमाग र उर्जालाई युद्धका लागि तयार राख्नूस्,’ नेता सीको भनाइलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।



    ‘सैनिकहरु पूर्ण रुपमा वफादार, पूर्ण रुपमा शुद्ध र पूर्ण रुपमा विश्वासिलो हुनुपर्छ,’ राष्ट्रपति सीले चाओझोउ सहरस्थित जनमुक्ति सेनाको जलसेनासँग भेटको क्रममा यस्तो आदेश दिएका हुन् ।

    सीले आदेश दिने क्रममा प्रत्यक्ष रुपमा भारतलाई लक्षित भने गरेका थिएनन् । जब कि, पछिल्लो समय चिनियाँ सेना सीमा विवादका कारण भारतीय सेनासँग पटक पटक आमने–सामने भएका छन् ।

    यसवाहेक ताइवानस्थित दक्षिण चीन सागरमा अमेरिकासँग पनि चिनियाँ सेनाको टकराव पर्दैआएको छ । अमेरिकाले  रणनीतिक योजनाको रुपमा हङकङ र ताइवानलाई सघाउँदैआएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार