Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भारतीय सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण मिति तय

    भारतीय सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण मिति तय

    अनलाइन नेपाल
  • मंगलबार, ११ कार्तिक २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । भारतका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमणको मिति टुंगो लागेको छ।

    भारतीय सरकारी समाचार संस्था पीटिआईलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सका अनुसार नरावणे यहीँ कात्तिक १९ देखि २१ गतेसम्म तीन दिने भ्रमणका लागि काठमाडौं आउने तालिका तय भएको हाे।



    लकडाउनको कारण सेनाध्यक्ष नरावणेको भ्रमण स्थगित भएको थियो। नेपाल सरकारले २०७६ माघ २० गते भ्रमणको निर्णय गरेको थियो।



    भ्रमणका क्रममा जनरल नरावणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्ने कार्यतालिका छ। यो परम्परा सन् १९५० देखि चल्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार