Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • राष्ट्रपतिलाई गुटको राजनीतिमा सकृय नहुन भन्दै भीम रावलले दिए चेतावनी

    राष्ट्रपतिलाई गुटको राजनीतिमा सकृय नहुन भन्दै भीम रावलले दिए चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 4.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले  गुटगत राजनीतिमा सकृय नहुन राष्ट्रपति बिद्या भण्डारीलाईआग्रह गरेका छन् ।

    नेकपाको विवादमा राष्ट्रपतिको सक्रियता देखिएको समाचार सार्वजनिक भएको विषयलाई लिएर नेता रावलले कडा टिप्पणी गरेका छन्।



    नेता रावलले आज बिहान ट्विट गर्दै राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंङ्घन भएको दाबी गरेका छन् । नेता रावलले यस्तो गतिविधिले नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने बताए।



    रावलले ट्विटमा लेखेका छन्, ‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ। यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक किचलो उत्कर्षमा पुगिरहेका बेला पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्कमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो।

    पार्टीमा जारी विवाद समाधानका लागि सचिवालयको बैठक बस्नुपर्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव केपी शर्मा प्रधानमन्त्री ओलीले अस्वीकार गरेका छन् ।

    पार्टी कमिटीको बैठक बोलाउन ओली सहमत नभएपछि बैठकमा दुई अध्यक्षबीच हिजो चर्काचर्की भएको थियो ।

    पार्टी कमिटीको बैठक राख्न ओलीले सहमति जनाएपछि प्रचण्डले ओलीलाई कसले राजीनामा माग्यो भन्ने प्रश्न गरेका थिए।

    प्रचण्ड निकट एक नेताले प्रचण्डको भनाइ उद्धृत गर्दै भने– ‘तपाईंले राजीनामा मागियो भनेर विना प्रसंगको कुरा गर्नुभयो, तर अहिले पार्टीभित्रबाट कसैले राजीनामा नै मागेको छैन, हुँदै नभएको कुरा किन आइरहेको छ?’ प्रधानमन्त्री ओलीमाथि राष्ट्रपति भण्डारीमार्फत पार्टीमा पेलानको रणनीति लिएको आरोप प्रचण्ड पक्षमा नेताहरुले वताउँदै आएका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार